Breaking News
Home / Latest News / आइकोनिक इन्टरनेशनल विमेन्स अवार्डद्वारा डिना राई सम्मानित

आइकोनिक इन्टरनेशनल विमेन्स अवार्डद्वारा डिना राई सम्मानित


कालेबुङ तल्लो कमसी निवासी डिना राईले दिएको सामाजिक योगदानको कदर गर्दै उनलाई आइकोनिक इन्टरनेशनल विमेन अवार्डब२०२१ प्रदान गरिएको छ। उनी एकजना सामाजिक कार्यकर्ता, शिक्षाको क्षेत्रमा अघि आएकी सचेतक अनि नारी सशक्तिकरणमा अग्रणी भूमिका निर्वाह गर्ने एक अग्रज महिला हुन्। विभिन्न सामाजिक संस्थाहरूमा संलग्न रहेकी तथा स्वनिर्भर समूहहरूद्वारा समाजलाई आत्मनिर्भर बनाउन प्रतिबद्ध रहेकी डिना राई आइकोनिक इन्टरनेशनल विमेन अवार्ड २०२१ द्वारा सम्मानित बनेकी हुन्। ५० वटा विभिन्न देशका महिलाहरूलाई यस पुरस्कारद्वारा सम्मान जनाइएको थियो।
फिलिपियन, जर्मनी, क्यानाडा, युएसए, स्पेन आदि देशका प्रतिनिधिहरूले पाएको यस उत्कृष्ट पुरस्कारको लहरमा कालेबुङको ग्रामीण क्षेत्र कमसीबाट डिना राईले यो पुरस्कार जित्नु भनेको कालेबुङ मात्र होइन, राज्य र राष्ट्रकै निम्ति उपलब्धि मान्नुपर्छ। उनको समाजप्रतिको योगदान, नारी शिक्षा र सशक्तिकरणमा दिएको योगदानको यसरी कदर हुनु हाम्रो निम्ति ठूलो उपलब्धि हो भन्दै पर्यावरण-चेतना पत्रिकाका सम्पादक भुवन पी. खनालले बधाई दिएका छन्। उनलाई ग्रामवासी तथा संघ संस्थाका प्रतिनिधिहरूले पनि बधाई सन्देश पठाएका छन्।

न्यूज़ या आर्टिकल देने के लिए संपर्क करें (रिहान अन्सारी 9927141966) Contact us for news or articles

About Rihan Ansari

Check Also

वरिष्ठ वास्तुकार आशीष श्रीवास्तव को मानद डॉक्टरेट की उपाधि, इंडो-इंटरनेशनल इंटेलेक्चुअल कॉन्क्लेव 2026 में हुआ सम्मान

🔊 पोस्ट को सुनें वरिष्ठ वास्तुकार आशीष श्रीवास्तव को मानद डॉक्टरेट की उपाधि, इंडो-इंटरनेशनल इंटेलेक्चुअल …

Leave a Reply

Your email address will not be published.

Best WordPress Developer in Lucknow | Best Divorce Lawyer in Lucknow | Best Advocate for Divorce in Lucknow